दौडमा एन्जिला र मनिष विजेता

समाधान संवाददाता २०८१ चैत २८ गते १६:४०

पोखरा ।
नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनिको मासिक ५ किमी छात्र÷छात्रा दौडमा एन्जिला जिटी र मनिष शाही विजयी भएका छन् ।

Advertisement


पोखरा को समन्वयमा भलाममा शुक्रबार भएको दौडमा छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी तथा छात्रतर्फ मनिष विजयी भएका हुन् । चौथो संस्करणको सो प्रतियोगितामा एन्जिलाले २६ मिनेट ४२.२ सेकेन्डको समय लिइन् भने दोस्रो भएकी अमर सिंह माविकी स्वश्तिाका पौडेलले दौड पूरा गर्न ३३ मिनेट ४४.२ सेकेन्ड लगाइन् ।


एसओसकी सारिका थापा तेस्रो, महेन्द्र माविकी रोजिना थापा चौथो र पोखरा युनाइटेडकी अम्विका पोख्रेल पाँचौ बने । छात्रतर्फ पहिलो भएका मनिषले १९ मिनेट ४२.५ सेकेन्डको समय लिए भने १९ मिनेट ५१.३ सेकेन्ड खर्चिदै रिलायन्स पब्लिकका प्रेम परियार, १९ मिनेट ५४ सेकेन्डको समय लिएका गौरी शंकरका कुशल खत्री तेस्रो, विभूतिका अशिम सुनार चौथो र प्रगतिका समीर बरुवालले पाँचौ स्थान प्राप्त गरे ।


८ देखि १२ वर्ष उमेर समूह ३ किमी छात्रातर्फ महेन्द्र माविकी प्रमिशा भण्डारी पहिलो, स्नेहा बस्नेत दोस्रो, पोखरा एकेडेमीकी विपशना बस्नेत तेस्रो, निशा केसी चौथो तथा सिम्रन केसीले पाँचौ स्थान हात पारे । सोही समूहको छात्रतर्फ पोखरा क्रिकेट एकेडेमीका अदीपजग कुंवर पहिलो, महेन्द्र माविका विशाल थापा दोस्रो, मेघराजका सहनशील क्षेत्री तेस्रो, कोपिला चिल्ड्रेनका सुवास रावत चौथो र सुमन पौडेलले पाँचौ स्थान हात पारे ।


विजेताहरुलाई पोखरा महानगर पालिका वडा नं २० का अध्यक्ष गंगाबहादुर खत्री, वडा सदस्य रुपा नेपाली, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, मञ्चका सचिव महेश पौडल लगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर वितरण गरे ।

Advertisement

कार्यक्रममा हालै जिल्ला खेलकुद विकास समिति कास्कीमा नवनियुक्त अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलकबहादुर अधिकारी, सचिव अन्जु केसीलाई मञ्चले स्वागतसहित बधाई दिएको छ ।


मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले पहिलो पटक वडा नं २० भलाममा प्रतियोगिता आयोजना गर्न पाएकोमा वडा कार्यालय एवं सम्पूर्ण स्थानीय संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस प्रकारका कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया