गण्डकीलाई मुख्यमन्त्री कप

भोजपुर ।
भोजपुर नगरपालिका ७ कोदार रंगशालामा सञ्चालन भएको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ३–० सेटमा पराजित गरी गण्डकीले उपाधि जितेको हो ।
गण्डकी प्रदेशले कोशीलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–२२ तथा तेस्रोे सेट २५–१५ अंकले पराजित गरेको हो । यस्तै, सुदूरपश्चिम प्रदेश बागमति प्रदेशलाई ३–० सेटले हराउँदै तेस्रो बन्यो । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः ३ लाख तथा १लाख ७५ हजार पाए । यस्तै, तेस्रोले ८० हजार तथा चौथो हुने टोलीले ४० हजार पुरस्कार पाएका छन् ।
यही चैत २४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा मधेस र कर्णाली बाहेक अन्य प्रदेशको सहभागिता थियो ।
विजेतालाई पूर्वमन्त्री तथा सांसद सुदन किराती, कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, रामप्रसाद गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा, जिल्ला भलिबल संघका अध्यक्ष वीन्द्रकुमार तामाङ लगायतले पुरस्कार वितरण गरे ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया