पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविलाई

पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित इडेन हेभन क्रिकेट मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा वाराही माविलाई १४ रनले पराजित गर्दै भद्रकाली माविले उपाधि जितेको हो । उत्कृष्ट प्रदर्शनका बाबजुद वाराही मावि भने उपविजेतामा सिमित भएको छ ।
विजेता र उपविजेता बनेका दुबै विद्यालयले ट्रफीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माविले टस जितेर पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको थियो । भद्रकालीका लागि विष्फोटक व्याटिङ गरेकी रिया तामाङले ८० बलको सामना गर्दा १२४ रनको शतकीय पारी खेलेकी थिईन् । त्यस्तै, रिसा तामाङले २४ बलमा २४ रनको योगदान दिएकी थिईन् ।
२२७ रनको विशाल लक्ष्य पछ्याएको वाराही मावि ४ विकेटको नोक्सानीमा २१२ रनमा समेटिएपछि भद्रकाली १४ रनले बिजयी भएको हो । वाराही माविका लागि सुस्मिता श्रेष्ठले ७२ बलमा ६४ रन, सफलता भुजेलले ४७ बलमा २९ रन र मेघा खड्गीले १७ बलमा २६ रन हानेपनि जितका लागि पर्याप्त भएन । वाराहीलाई लक्ष्य भेट्टाउन नदिनका लागि भद्रकालीकी आसु गुरुङले ४ ओभरमा ४० रन खर्चेर २ विकेट हत्याईन् ।
फाइनल खेलको प्लेयर अफ दी म्याच विजेता टिम भद्रकालीकी रिया तामाङ बनिन् । उनी प्लेयर अफ दी सिरिज र बेष्ट ब्याटरसमेत भईन् । त्यस्तै, वाराही माविकी सुस्मा पौडेल बेष्ट बलर घोषित भईन् । उनीहरुलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।
विजेताहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन, पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, म्याच अफिसियल प्रदीप तामाङलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैबीच, पोखरा महानगर क्रिकेट संघले अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिने जनाएको छ । ती ३६ जनालाई ३ वटा टिम बनाएर केहि समयपछि सुपर लिग खेलाईने अध्यक्ष पुनले जानकारी दिए । उक्त सुपर लिगबाट उत्कृष्ट खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम बनाईने उनको भनाई छ । ‘त्यसपछि देशभरका महानगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीलाई एक्सपोजर दिइन्छ,’ उनले भने ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया