एलिट भलिबल कपमा पुरुषतर्फ पर्वत, महिलातर्फ आयोजकलाई उपाधि

पोखरा । पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा ३ नदीपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो ।
पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा गर्यो ।
एलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पार्यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ ।
पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मीना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ बेस्ट सर्भर रेशम छन्त्याल, बेस्ट सेटर विवश आले, बेस्ट ब्लकर सुगम विक, बेस्ट स्पाइकर सन्तोष विक र बेस्ट डिफेन्डर जितबहादर सार्की घोषित भए । महिलातर्फ बेस्टसर्भर रिक्जना बोटे, बेस्ट सेटर रेविना घर्ति, बेस्ट ब्लकर विष्णु क्षेत्री, बेस्ट स्पाइकर सोइङ थापा र बेस्ट डिफेन्डर काजल श्रेष्ठ बने ।
विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ लगायतले ट्रफी र मेडल प्रदान गरे ।
आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवं राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया