चैते दशैँ मेलाको खर्च सार्वजनिक

बागलुङ । चैते दशैँका अवसरमा बागलुङमा आयोजना गरिएको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला–२०८१ मा ४८ लाख रुपियाँ बढी खर्च भएको छ । आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी मेलाको आयव्यय सार्वजनिक गरेको हो ।
गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मेलामा ४८ लाख ६२ हजार तीन सय ३७ रुपैयाँ खर्च भएको छ । मेलामा सबैभन्दा धेरै खर्च धार्मिक सम्मेलनमा भएको छ । सम्मेलनमा ८ लाख ९४ हजार छ सय ५० रुपियाँ खर्च भएको गुठीका अध्यक्ष खड्काले बताए । यस्तै, मेलाको अवधिमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका लागि ७ लाख १४ हजार पाँच सय रुपियाँ, कालिका कप खुला भलिबल प्रतियोगितामा ७ लाख रुपियाँ, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा ६ लाख ५० हजार रुपियाँ र अतिथि सत्कारमा पाँच लाख ४४ हजार ७ सय ८४ रुपियाँ खर्च भएको अध्यक्ष खड्काले जानकारी दिए ।
मेलामा ६२ लाख ७३ हजार पाँच सय रुपियाँ आम्दानी भएको अध्यक्ष खड्काको भनाइ छ । उनले आम्दानी मध्य २३ लाख ४० हजार रुपियाँ उठन बाँकी रहेको बताए । ‘गुठी संस्थान, सहआयोजक, प्रायोजकहरूबाट २३ लाख ४० हजार रुपियाँ उठन बाँकी रहेको छ’ अध्यक्ष खड्काले भने, ‘सम्पूर्ण रकम प्राप्त भएमा खर्च कटाएर १४ लाख ११ हजार एक सय ६३ रुपियाँ बचत हुनेछ ।’
मेलाका लागि कालिका भगवती मन्दिरबाट २० लाख रुपियाँ, गुठी संस्थानबाट दस लाख रुपियाँ, रमाइलो मेलाबाट १० लाख रुपियाँ, प्रायोजकहरूबाट ११ लाख ८० हजार रुपियाँ, सहआयोजकहरूबाट तीन लाख रुपियाँ, स्टलबाट २ लाख ४० हजार रुपियाँ, आर्थिक सहयोग चार लाख ६० हजार रुपियाँ र स्टलबाट दुई लाख ४० हजार रुपियाँ प्राप्त भएको अध्यक्ष खड्काले बताए ।
चैते दशैैंको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक वर्ष ऐतिहासिक चैत्राष्टमी मेला सञ्चालन गर्दैआएको छ । चतै दशैंमा बागलुङ कालिका भगवति मन्दिरमा दर्शन गर्न र स्थानीय उत्पादनहरू खरिद बिक्रीका लागि सुरु भएको बेला अहिले व्यावसायिक बन्दै गएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया