सरकारको आश्वासन पत्याएनन् आन्दोलनरत शिक्षकले, झुटो हल्लाको पछाडि नलाग्न अनुरोध

पोखरा । सरकारले शिक्षकलाई आन्दोलन स्थगित गर्न अनुरोध गर्दै संसदको अधिवेशन आह्वान गरे पनि शिक्षकले आन्दोलन नरोक्ने भएका छन्। सरकारले वार्ता र संवादबाट समस्याको समाधान हुने आश्वासन दिँदै यस्तो निर्णय गरेपछि शिक्षक आक्रोशित बनेका हुन्।
विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ(आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरे लगत्तै शिक्षकले यस्ता आश्वासनलाई लिएर आन्दोलन नरोक्ने बताएका हुन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। उनले आफूहरु निर्णायक मोडमा पुगेको भन्दै अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलनमा सहभागी हुनुको विकल्प नरहेको बताएका हुन्। उनले भनेका छन्। ‘आज वैशाख ३ गते सदा झैं ठिक १२स्०० बजे माइतीघर मण्डला आइपुग्नु होला। हाम्रो आन्दोलन जारी छ।’
अध्यक्ष सुवेदीले काठमाडौं बाहिर रहेका शिक्षकलाई काठमाडौं आउनसमेत भनेका छन्। ‘‘देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं। यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ। तुरुन्तै काठमाडौं आइपुग्नुहोला।’
यता,शिक्षक महासंघ सह(अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमैया पराजुलीले सबै शिक्षकलाई झुटो हल्लाका पछाडि नलाग्न अनुरोध गरेकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘आदारणीय शिक्षक कर्मचारी साथीहरू , झुट्टा हल्लाको पछि नलाग्न सबैमा अनुरोध छ । नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बीचमा गत २०८० आश्विन ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद बाट सम्बोधन गर्नुपर्ने माग मुद्दालाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाइ प्रतिगामी शिक्षा ऐन जारी गर्दै नेपालको सार्वजनिक शिक्षालाई पूर्ण रुपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको हुनाले सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरू अझै उच्च मनोबल, धैर्यता र ऊर्जाको साथ संघर्षको मैदानमा डटिरहन र सम्पूर्ण साथीहरू कुनै बहानावाजी नगरी काठमाडौं केन्द्रित हुन र निर्णायक आन्दोलन हो भन्दै मनन गर्न हार्दिक अनुरोध गर्दछु।’









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया