एसईई दिएका विद्यार्थीलाई कम्प्युटर तालिम

समाधान संवाददाता २०८२ वैशाख ३ गते १६:००

लेखनाथ ।

पोखरा महानगरपालिका वडा नं. २७ वडा शिक्षा समितिको संयोजनमा एसईई दिएकालाई निःशुल्क १ महिने सूचना प्रविधि (कम्प्युटर) र व्यक्तित्व विकास सम्बन्धि तालिम सुरु भएको छ ।

विद्यार्थीकाे प्रतिभा प्रस्फुटन गराउन एवं क्षमतावान बनाउन टेवा पुग्ने उद्देश्यले वडा नंं २६ देखि ३३ सम्मका विद्यार्थीका लागि तालिम आयोजना गरिएको वडा नंं २७ का वडा अध्यक्ष पूर्ण गुरुङले जानकारी दिए ।

Advertisement

लक्ष्मीआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले विद्यार्थीलाई समयको सदुपयोग गर्न आग्रह गर्दै तालिमले व्यवहारिक जीवनमा सहयाेग पुग्ने बताए ।

डायमण्ड माविका निर्देशक माधवशरण उपाध्यायले तालिमले विद्यार्थीलाई सक्षम, सवल र एकीकृत गर्नुका साथै विकासमा युवाहरुको भूमिका उच्च बनाउने बताए । व्यक्तित्व विकासमा नयाँ उत्प्रेरणा, उत्साह जगाउन अवसर र समयको महत्वलाई बुझेर तालिम लिनुपर्ने सुझाव राखे ।

Advertisement

सूचना प्रविधि तालिम डायमण्ड मावि तालचोकमा र व्यक्तित्व विकास सम्बन्धि तालिम शिशुवामा रहेकाे आदर्श माविमा हुने डायमण्ड माविका प्रिन्सिपल एम रोक्का जानकारी दिए । १ महिना सम्म सञ्चालन हुनेछ । प्रशिक्षण रविन घिमिरे, प्रतिक लिम्बु र कृति खनालले दिनेछन् ।

तपाईको प्रतिक्रिया