केपी ओली टी २० को उपाधि गण्डकी हिरोजलाई
काठमाडौंका दिपेन्द्र रावत म्यान अफ दि टुर्नामेन्ट

पोखरा ।
गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।
१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे ।
किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । उनले २६बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६छक्का प्रहार गरे । दिपक डुम्रे २६रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुमाल शुन्यमै पेभिलियन फर्किए ।
काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए ।
सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सूर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए । गण्डकीका लागि अमृत गुरुङ र कृष्ढा पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयरअफ दी म्याच घोषित भए ।
यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि आफुले संस्दमा आवश्यक पहल गर्ने सुनाए । उनले खेलको विकासका लागि राज्यको सहयोग अत्यावश्यक रहेको सुनाउँदै खेलको भावनाअनुसार लाग्न अनुरोध गरे । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले अब एकेडेमीले आफ्नै क्रिकेट टिम बनाउने बताएका छन् ।
उनले खेलाडीको विकासका लागि आफ्नै टिम बनाउने घोषणा गरेका हुन् । उनले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अब अन्य खेलाडीको छनोट गरिने बताए । स्थायी संरचनाले आफ्नै टिम बनाउने गरि सुरुवात गरेको र खेलाडी अनुुबन्धन गरेर राख्ने सुनाए । उनले त्यसका लागि मदन भण्डारी स्पोट्र्स एकेडेमीमा सम्पर्क गर्नका लागि अनुरोध गरे । छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्ने र सेवा सुविधासहित अनुबन्धन गर्ने सुनाए ।
चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा कुल १६टिमको सहभागिता थियो । बागमतिबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो । यि बाहेक एकेडेमीले पुस १७ गते इन्डो नेपाल भलिबल, फुल कन्ट्याक्ट कराते, राष्ट्रिय जुनियर टेबलटेनिस, बैशाख ८ गते राष्ट्रिय तेक्वान्दो, २० गते रोड रेस, जेठ ३ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।







भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया