प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
विदेशी टोलीको रुपमा भारत र इरानका टोली छन् । स्वदेशी टिमको रुपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ । लिगपछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बैशाख २२ गते हुनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए ।
प्रतियोगिताका खेल हेर्नका लागि पहिलो, दोस्रो र तेस्रो दिनसम्म ३ सय, चौथो दिन अर्थात् सेमिफाइनल खेल हेर्न ४ सय र फाइनल खेलमा ५ सय टिकट दर तोकिएको छ । इन्डोर हलमा ३ हजार जनाले एकसाथ खेल हेर्न सकिने अर्यालले बताए । आयोजकका अनुसार इन्डोर हल व्यवस्थापन कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनका लागि आवश्यक प्रकाशको प्रबन्ध मिलाउने काम गरिएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए । लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको अर्यालले उल्लेख गरे ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ । लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।







सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
फागुन १२ भित्र मतपत्र जिल्ला पुर्याइने, प्रवासी मतदान कानुनको पर्खाइमा
पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया