नेपाल रेडक्रस सोसाइटी पोखरा २६ उपशाखामा शुभकामना आदान–प्रदान

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–२६ उपशाखामा नयाँ वर्ष–२०८२ को अवसरमा शुभकामना आदान प्रदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका नवनिर्वाचित समितिलाई स्वागत, भित्तेपात्रो विमोचन तथा परिचयात्मक कार्यक्रम गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति र कार्यक्रम प्रमुख अतिथि उर्मिला खड्काले रुख रोपेर कार्यक्रम उद्घाटन गरेकी थिए ।
सभापति खड्काले रेडक्रस मानवीय सेवा गर्ने सामाजिक संस्था भएको बताउँदै यसका सिद्धान्तमा निहित रहि सेवा गर्नुनै सच्चा रेडक्रसकर्मी रहेको बताइन् ।
निवर्तमान सभापति डण्डराज शर्मा, पोखरा–२६ का जनप्रतिनिधि तिर्थबहादुर रानाभाट, उपशाखाका पूर्व सभापति तथा पूर्व वडा अध्यक्ष नारायणप्रसाद बराल, पूर्व सभापति चन्द्रबहादुर रानाभाट, सल्लाहकार झलकपाणी तिवारी, इश्वरीप्रसाद अधिकारी, सामाजिक व्यक्तित्व हेममोहन भट्टराई, युवा सर्कल पोखरा–२६ का अध्यक्ष विकास रानाभाट लगायतले रेडक्रसको कार्यक्रम माथि धारणा राखेका थिए ।
कार्यक्रममा आजिवन सदस्यता प्राप्त गर्ने सदस्यलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
पोखरा–२६ उपशाखाका सभापति अम्बिका मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपशाखाका उपसभापति प्रमिला बरालले राखेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव महादेव ढुंगानाले गरेका थिए ।
तपाईको प्रतिक्रिया