जिल्ला एथलेटिक्स संघ कास्कीद्वारा पोखरा रंगशाला सरसफाइ

समाधान संवाददाता २०८२ वैशाख २० गते १५:२२

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो ।

पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले सरसफाइ गरिएको संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए ।

संघले पोखरा रंगशालालाई सफाइ राख्ने उद्देश्यले बर्सेनि सरसफाइ गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप शुक्रबार रंगशाला परिसरमा सरसफाइ गरिएको र त्यसमा पश्चिम पृतनाको समेत सहयोग रहेको बताए । वर्षायाम अगाडि सरसफाइ गरिएको र वर्षायाममा पुन झारहरु उम्रिने भएकाले वर्षा लगतै पुन सरसफाइ गरिने उनको भनाइ थियो ।

Advertisement

भखैरै रंगशालामा संघको आयोजनामा राष्ट्रियस्तरको खेल सम्पन्न गरिसकेको र उक्त खेल आयोजना गर्ने समयमा पनि सरसफाइ गर्ने आफूहरुको योजना रहेको भएतापनि समय अभावका कारण सरसफाइ गर्न नसकिएको र हाल आएर सरसफाइ गरिएको गुरुङले बताए ।

त्यस्तै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखरा रंगशाला सरसफाइलाई ध्यान दिइएको बताए । विभिन्न संघ संस्थाहरुको सहकार्यमा पोखरा रंगशालाको सरसफाइलाई निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

Advertisement

जिल्ला एथलेटिक्स संघले रंगशाला भित्रको ट्रयाकमा जम्मा भएको फोहोरका कारण ट्रयाक जीर्ण हुने भएकाले वर्षमा दुई पटक आफूहरुले ट्रयाक सरसफाइ गर्ने संघका सचिव तथा सरसफाइ कार्यक्रमका संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । अधिकारीले रंगशालाको ट्रयाक विशेष गरी एथलेटिक्सका विभिन्न खेलहरु सञ्चालनका लागि आफुहरुकले प्रयोग गर्दै आइरहेकाले एथलेटिक्स संघले नै त्यसलाई चासोका साथ हेर्दै आइरहेको समेत बताए ।

तपाईको प्रतिक्रिया