पूर्व कर्मचारी सेवा परिषद्को स्वास्थ्य शिविरमा सयभन्दा बढी लाभान्वित

पोखरा । पूर्व कर्मचारी सेवा परिषद् गण्डकी शाखाको आयोजनामा परिषदको कार्यालय परिसरमा शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।
शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ध्रुव गिरीले परिषद्को ऊक्त कार्य अनुकरणीय भएको बताए ।
उद्घाटन सत्रको अध्यक्षता परिषद्का अध्यक्ष गिरधारी सुवेदीले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष सूर्यप्रसाद बराल र कार्यक्रम सञ्चालन वेदप्रकाश पौडेलले गरे ।
कार्यक्रममा डा मुकुन्दप्रसाद आचार्य र प्राडा नुवादत्त सुवेदीले स्वास्थ्य सचेतनाको बारेमा जानकारी गराए ।
परिषद्का कार्यसमिति सदस्य नगेन्द्रराज पौडेलका अनुसार डा बुद्धिबहादुर थापा, डा मुकुन्दप्रसाद आचार्य, प्राडा कृष्णप्रसाद कोइराला, प्राडा नुवादत्त सुवेदी, वरिष्ठ नेत्र अधिकृत जितेन्द्र पौडेल, डा रजनी आचार्य, डा सन्देश काफ्लेलगायतको स्वास्थ्यकर्मीको टिमले मेडिसिन, आँखा, नाक, कान, घाँटीलगायतका विधामा विशेषज्ञ सेवा प्रदान गरेको थियो ।
शिविरबाट पूर्व कर्मचारी सेवा परिषद्मा आबद्ध कर्मचारी तथा उनीहरुका परिवार गरी करिब १ सयजना लाभान्वित भएको सदस्य पौडेल बताए ।
शिविरमा चिकित्सकहरुको पहलमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।









नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया