कालिका मन्दिरमा सतचण्डी पुजा

समाधान संवाददाता २०८२ वैशाख २१ गते १२:१३

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २८ कालिकामा रहेको अर्घौ मौला कालिका भगवती मन्दिरमा वैशाख खष्टीका दिन शनिबार सतचण्डी (१०८ चण्डी पाठ) वाचन, सामुहिक होमन र वलि पूजा गरिएको छ ।

Advertisement


मन्दिरमा वर्षको दुई पटक वशन्त र सरद ऋतुमा पूजा गरिँदै आइएको छ । पूजा गर्नाले अति वृष्टि, अनावृष्टिको रोकिने, गाउँवस्तीमा दैवि प्रकोप तथा रोग व्यादी नहुने धार्मीक विश्वास रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष वोधराज त्रिपाठीले बताए ।


मन्दिरमा पूजा गर्न महानगरका वडा नं २६, २७, २८, २९, ३०, ३१ र मादी गाउँपालिका वडा नं ५ का भत्तजको उपस्थितीमा सामुहिक पूजा गरिने समितिका उपाध्यक्ष विष्णुमाया पौडेलले जानकारी दिइन् ।


मन्दिरमा हुने सतचण्डी पूजा बाली लगाउनु पूर्व र बालि लगाइसकेपछि भगवतीको सम्झनामा होमन गरिदै आएको मन्दिर संरक्षण समितिका सचिव केशवदास त्रिपाठीको भनाइ छ ।


कालिका भगवती कास्कीकै पुरानो र धार्मीक दृष्टीले महत्वपुर्ण धार्मीक स्थल भएकाले यसको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने समितिका कोषाध्यक्ष सरोज भण्डारीले बताए । मन्दिरको प्रवद्र्धन गर्न सकेमा समग्र कास्कीकै धार्मीक पर्यटनको विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया