विश्व रेडक्रस दिवसमा तालिम

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले मातहतका उपशाखाको क्षमता अभिवृद्धि गर्न रेडक्रस इन्डक्सन र कार्यालय व्यवस्थापन तालिम दिएको छ ।
विश्व रेडक्रस दिवस (८ मार्च)को सन्दर्भमा संगठन विकास समितको संयोजनमा भएको तालिममा कास्कीका ४५ उपशाखाका सभापति तथा सचिव, जिल्ला शाखाका पदाधिकारी तथा कार्यसमितिका सदस्य र कर्मचारी गरी १ सय २ जनाको सहभागिता थियो ।
कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्काले रेडक्रसको सिद्धान्त, अभियान र मुल्य मान्यताका बारेमा सहजीकरण गरेका थिए । पोखरा जेसिसका अध्यक्ष भाइराजा रानाले बैठक सञ्चालन विधि र माइन्युट लेखन, पत्रकार श्याम कुँवरले समाचार लेखन, रेडक्रसकर्मी नवराज भण्डारीले प्रतिवेदन लेखन विषयमा सहजीकरण गरेका थिए ।
रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले विपद् व्यवस्थापन, मानवीय सेवामा काम गर्ने संस्था रेडक्रसले सबै उपशाखाका सवलीकरणमा ध्यान दिने बताइन् । उनले मनसुनजन्य प्रकोपको सुरुवात हुन लागेको अवस्थामा विपद्को पूर्व तयारीमा ध्यान दिन आग्रह गरिन् ।
रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले सेवा केन्द्रको रुपमा वडा वडामा रहेको उपशाखाको क्रियाशीलता र गतिविधिले कास्की शाखालाई बलियो बनाएको बताए ।
रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले हरेक वडा कार्यालयले विपद् व्यवस्थापनको क्षेत्रमा ५ देखि १० प्रतिशत बजेट विनियोजन गर्ने भएकोले समन्वय गरेर काम गर्न सुझाव दिए । उनले विश्व रेडक्रस दिवस सरसफाई, रक्तदान, वृक्षरोपण लगायतका सिर्जनात्मक र रचनात्मक कार्यक्रम गरी मनाउन सबै उपशाखालाई परिपत्र गरेको जानकारी दिए ।
उनले जुनियन तथा युवा सर्कललाई समेत हाजिरी जवाफ, बक्तृत्व कला प्रतियोगिता गर्न आग्रह गरेको बताए । उनले जुनियर तथा युवा सर्कलले रेडक्रसको सन्देश मुलक नारा लेखेको व्याज वितरण गरेर आम्दानी गर्न सक्ने उल्लेख गरे ।
‘मानवताको पक्षमा’ भन्ने नाराका साथ भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा कोइराला न्यौपाने, उपमन्त्री डिल्लीराम बराल, कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाले विश्व रेडक्रस दिवसको बारेमा चर्चा गरेका थिए ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया