किसान महासंघ कास्कीमा खेमराज

पोखरा ।
अखिल नेपाल किसान महासंघ कास्की जिल्ला कमिटीको तेस्रो जिल्ला अधिवेशनले अध्यक्ष खेमराज बरालको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय महानगर कमिटी गठन गरेको छ ।
कमिटी उपाध्यक्षमा सन्तोष भण्डारी र लक्ष्मी सुवेदी अधिकारी, सचिव झलकप्रसाद बराल, उपसचिवमा बाबुराम भण्डारी र मोहन केसी र कोषाध्यक्ष पवित्रा देवकोटा छन् ।सदस्यमा मुना पौडेल अधिकारी, ईन्द्रप्रसाद गौतम, नवीन देवकोटा, डम्बरबहादुर पौडेल, सोम भण्डारी, भीमप्रसाद आचार्य, विष्णु भट्टराई, मित्रलाल अधिकारी, अनिता भुर्तेल र टंकप्रसाद सुवेदी रहेको उपाध्यक्ष भण्डारीले जानकारी दिए ।
उद्घाटन समारोहमा किसान सेनानीका रुपमा पुण्यप्रसाद पौडेल र दीर्घसेवा किसान प्रेरक सम्मानबाट चूडामणि बराललाई सम्मान गरिएको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमनारायण अधिकारीले किसानको साझा मुद्दामा सबै संघ, संगठन एकजुट बन्नुपर्ने बताए ।
‘सबै किसान एक ठाउँमा नहुँदा राजनीतिक दल र सरकारबाट हेप्ने काम भएको छ,’ उनले भने, ‘त्यसैले केन्द्रमा सबै संघ, संगठनले किसान सञ्जाल बनाएर काम थालेका छन् ।’ उनले आधिकारिक किसान संगठनको चुनाव गर्न प्रस्ताव गरे । चुनावमार्फत किसान नेता बनाएर वडा तहबाट योजना छनोटदेखि पालिकाको परिषद्सम्म सहभागिाता सुनिश्चित गर्न माग राख्दै उनले किसान सभाले गरेको निर्णय पालिकाले लागू गर्नुपर्ने बताए ।
उपाध्यक्ष अधिकारीले विषयगत संघको सम्मेलन गरेपछिमात्र महासंघको अधिवेशन गर्न सुझाव दिए । एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले पार्टीको आधारभूत तहको जन संगठनका रुपमा रहेको किसान महासंघलाई धेरैभन्दा धेरै किसानलाई समेट्न सुझाव दिए ।
कार्यक्रममा किसान महासंघका केन्द्रीय सचिवालय सदस्य चूडामणि बराल, किसान सेनानी पौडेल, किसान महासंघ गण्डकी अध्यक्ष गोवद्र्धन गौली, किसान महासंघ कास्की अध्यक्ष देवेन्द्रराज शर्मा, उपाध्यक्ष खेमराज बराल, सचिव सन्तोष भण्डारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया