यु १६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगितामा कुमुदिनी होम्स ९ विकेटले पराजित

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि यु १६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । राउन्ड रोविनमा खेलाइएको प्रतिस्पर्धामा पोखरामा ५ विद्यालयले सहभागिता जनाएका छन् ।
मंगलबारको खेलमा कुमुदिनी होम्सलाई हिमालयन बोर्डिङले ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कुमुदिनी होम्सले २० ओभर खेल्दै ८ विकेट क्षतिमा ६५ रनको योगफल तयार पा¥यो । मिजास पोखरेलले २० बलमा २० रनको योगदान गरे ।
हिमालयनका सुदर्शन कोइरालाले ४ ओभरमा १० रन दिएर ४ विकेट लिए । जवाफी ब्याटिङ गरेको हिमालयनले १ विकेटको क्षतिमा ६९ रन बनाउँदै जित निकाल्यो । केवल ७.१ ओभर खेल्ने क्रममा हिमालयनका सफलसुगम थापाले २० बलमा ४४ रनमा अविजित खेले । त्यस्तै, १९ बलमा १४ रन बनाउँदै आयुष पनेरु अविजित रहे । खेलमा सफलसुगम थापा प्लेयर अफ दि म्याच घोषित भए ।
संघले यु १६ विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताबाट जिल्लास्तरीय टोली बनाइनेछ । सन २०२५ मा एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने एसिसी मेन्स यु १६ इस्टजोन कप २०२५ को सहभागिता जनाउने छ । इष्टजोन कपको लागि नेपाली राष्ट्रिय छनोट गरिनेछ । छनोटको पूर्वसन्ध्यामा जिल्लाको टोली तयार हुने संघले जनाएको छ । प्रतियोगिताबाट छनोट गरिएको जिल्ला टोलीले जेठको दोस्रो सातादेखि प्रदेशस्तरीय टोली निर्माण गर्न जिल्लाको प्रतिनिधित्व गर्ने छ ।
प्रतियोगिताको उदघाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले उदघाटन गरेका थिए ।









निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
गण्डकीमा महिला मतदाता बढी
महामन्त्री शर्माद्वारा विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस- पूर्णपाठ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया