यु १६ विद्यालयस्तरी टी २० क्रिकेट प्रतियोगितामा जनप्रिय र हिमालयनको जित

पोखरा ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु १६ विद्यालयस्तरी टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हावर्ड एकेडेमीलाई १ सय १० रनले पराजित गरेको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर ब्याटिङको आमन्त्रणसँगै क्रिज छिरेको हिमालयनले १४६ रनको योगफल तयार पा¥यो । सफल थापाले सर्वाधिक ४३ रनको योगदान दिँदा आयुष पनेरुले २० रनमात्रै जोडे । ब्याटरको भन्दा बढी रन अतिरिक्त खातामा चढ्यो । ५१ रन अतिरिक्त थपिँदा हिमालयनले विशाल योगफल बनायो ।
लजिन पुर्जाले भने १३ रन बनाए । हिमान्त चापागाँईले ३ र समीरजंग भण्डारीले पनि ३ विकेट लिए । १ सय ४७ रनको लक्ष्य पछ्याएको हावर्ड भने ३६ रनमा समेटियो । हावर्डका ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । सर्वाधिक हिमान्त चापागाँईले सर्वाधिक ९ रन बनाए । अतिरिक्त रन पनि २१ जोडिए पनि सामान्य योगफलमा समेटियो । सफल थापाले, सुदर्शन कोइराला र संयोग शर्माले समान ३ विकेट लिए । खेलमा सफल थापा प्लेयर अफ दि म्याच घोषित भए ।
अर्को खेलमा जनप्रिय स्कुलले कुमुदिनी होम्सलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कुमुदिनी होम्सले ६६ रन बनायो । ४६ रन अतिरिक्त थपिँदा केवल ब्याटरको ब्याटबाट २० रनमात्रै बन्यो । सर्वाधिक रन भने सन्जित कुवँरले बनाउने क्रममा १२ रनमा आउट भए । सम्राट रावतले २ विकेट लिए ।
झिनो लक्ष्य पछ्याएको जनप्रियले केवल ३ विकेट क्षतिमा ५.२ ओभरमा पूरा गर्यो । सन्देश तामाङले २१ बल खेल्दै ३० रनमा अविजित खेले । मौसम भट्टराईले १२ रनको योगदान दिए । सन्जित कुँवरले २ विकेट लिए । सन्देश तामाङ प्लेयर अफ दि म्याच घोषित भए ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया