त्रिविका निमित्त उपकुलपतिलाई पोखरामा कालो झण्डा देखाइयाे

समाधान संवाददाता २०८२ वैशाख २७ गते १६:०४

Advertisement

पोखरा — त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति खड्ग केसीलाई पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कालो झण्डा देखाएर विरोध जनाएको छ।

पृथ्वीनारायण क्याम्पसमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उपकुलपति केसीलाई नेविसंघका कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्। काठमाडौंको आरआर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन अवैध र अलोकतान्त्रिक भएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

स्ववियु निर्वाचनमा प्रतिस्पर्धात्मक प्रक्रिया नहुनु लोकतन्त्रको अपमान भएको भन्दै नेविसंघ कार्यकर्ताहरू आक्रोशित छन्।

आरआर क्याम्पसमा स्ववियु निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको विषयलाई लिएर नेविसंघभित्र समेत विवाद चुलिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया