नेवा जागरण मञ्च कास्कीको अध्यक्षमा राजेन्द्रमान श्रेष्ठ

पोखरा ।
नेवा जागरण मञ्च कास्कीको १३औं साधारणसभा तथा चौथो अधिवेशनबाट अधिवक्ता राजेन्द्र मान श्रेष्ठको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ। अधिवेशनको अवसरमा वरिष्ठ नागरिक सम्मानसहित कार्यक्रम सम्पन्न गरिएको हो।
श्रेष्ठको अध्यक्षतामा चयन गरिएको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष श्रेष्ठ, उपाध्यक्ष कल्पना श्रेष्ठ, सचिव लक्ष्मण श्रेष्ठ, कोषाध्यक्ष हरिशरण श्रेष्ठ रहेका छन्। सदस्यहरूमा नन बहादुर श्रेष्ठ, मोहन श्रेष्ठ, मिना श्रेष्ठ, चिज कुमार जोशी, पार्बती श्रेष्ठ र डिल्लुराम श्रेष्ठ रहेका छन्।
कार्यक्रममा राजेन्द्र साई संरक्षकमा, उदय बहादुर अमात्य वरिष्ठ सल्लाहकारमा, सोम बहादुर श्रेष्ठ कानुनी सल्लाहकारमा तथा कृतिमान जलारी र विनोद कतिला सल्लाहकारमा मनोनीत गरिएका छन्।
कार्यक्रम सल्लाहकार तथा प्राध्यापक उदय बहादुर अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा ८० वर्षभन्दा माथिका चार जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाई र टेक्ने लौरी प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष अधिवक्ता कृष्ण कुमार श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कल्पना श्रेष्ठले राखेकी थिइन्। समापन मन्तव्यमा निवर्तमान अध्यक्ष श्रेष्ठले नेवार समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा मञ्च अझ सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि अमात्य, कानुनी सल्लाहकार अधिवक्ता सोमबहादुर श्रेष्ठ र अध्यक्ष राजेन्द्र मान श्रेष्ठले सभालाई सम्बोधन गरेका थिए।
तपाईको प्रतिक्रिया