घाचोक–माछापुच्छ्रे समाजमा बैरागी

पोखरा ।
घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल(बैरागी) निर्वाचित भएका छन् । समाजको शनिबार भएको अधिवेशनले यसअघिको तदर्थ कार्य समितिलाई निरन्तरता दिएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए ।
अधिवेशनले प्रथम उपाध्यक्षमा महेश्वर पौडेल, उपाध्यक्ष महिला चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव भानुभक्त पोखरेल, कोषाध्यक्ष सरिता आचार्य लम्साल र सहकोषाध्यक्ष नरबहादुर गुरुङ निर्वाचित गरेको छ ।
सदस्यमा दुर्गाबहादुर गुरुङ, ईन्द्रशोभा पौडेल, चुडामोहन लम्साल, सोमनाथ लम्साल, कृष्णप्रसाद दवाडी, भोजबहादुर नेपाली, निरु लम्साल र लेखबहादुर केसी छन् । न्यायिक समितिको संयोजकमा विष्णुप्रसाद पोखरेल तथा सदस्यमा यामबहादुर जिसी, शंकर कार्की, शिवप्रसाद पोखरेल र सुवास लम्साल चयन भए ।
मीनप्रसाद लम्साल, मीनराज लम्साल र महेश्वर पौडेल रहेको ३ सदस्सीय निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले समाजले घाचोक र पोखराबीच पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ«े वडा नं ३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं १ का वडाध्यक्ष ईन्द्र गुरुङ लगायतले समाज गठनको थोरै समयमा समेत संस्था दर्तादेखि नै धेरै रचनात्मक कार्य गर्न समाज सफल भएको बताए ।
नवनिर्वाचित अध्यक्ष तोयनाथ बैरागीले घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि सहयोग गर्ने उद्धेश्यले समाज गठन गरिएको बताए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया