सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा माकाजू निर्वाचित

समाधान संवाददाता २०८२ वैशाख ३० गते १६:५०

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नं ४ स्थित सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा भवानी माकाजू निर्वाचित भएकी छन् ।
संस्थाको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनले माकाजूलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।


माकाजू शुभकामना महिला विकास केन्द्रका पूर्वअध्यक्षसमेत हुन् । उनी हाल महिलाहरुद्वारा सञ्चालित नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् ।


संस्थाको उपाध्यक्षमा कल्पना गौतम, सचिवमा जमुना आचार्य, कोषाध्यक्ष लीला श्रेष्ठ, सहसचिव पुनम कोइराला निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यमा देवी श्रेष्ठ, सावित्री श्रेष्ठ, सुष्मा गोठाजु, संगीता कोइराला, शर्मीला पराजुली र अनिता लिगल छन् ।


पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सद्धार्थ टोल टोल विकास संस्था वडाकै नमुना संस्था भएको बताए । उनले संस्थाले गर्ने सबै काममा वडाको साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।

Advertisement


कार्यक्रममा वडासदस्यद्वय पार्वती माकाजु र प्रकाश कोइराला, सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुली, पूर्वअध्यक्ष गोमा कोइराला सुवेदी, वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकार भीमबहादुर श्रेष्ठ, पूर्व सल्लाहकार मुक्ति पराजुली र वसन्त लिगल, बुढानीलकण्ठ मन्दिर समिति अध्यक्षले बोलेका थिए ।


कार्यक्रममा बालगोपाल श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, विन्ध्येश्वरी श्रेष्ठ र मुक्ति पराजुलीलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो ।
यस्तै सल्लाहकारहरु मदनकाजी श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, किरण कोइराला, सानुकाजी लिगललाई सम्मान गरिएको थियो भने समाजसेवी लिलाराज सुवेदीलाई स्व. बुद्धिप्रसाद माकाजू स्मृति सम्मान अर्पण गरिएको थियो ।


साथै उत्कृष्ट सहयोगी धननारायण श्रेष्ठलाई नगदसहित, भवन निर्माणमा अनुगमन समिति संयोजक भएर उत्कृष्ट काम गरेका स्व. बाबुकाजी लिगल, सदस्य शरण लिगल, पार्वती माकाज, गोमा सुवेदी कोइराला र देवेन्द्र कोइरालालाई सम्मान गरिएको थियो ।


यस्तै नवीन माविमा अध्ययनरत अतिविपन्न वर्गका चार जना विद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरिएको थियो भने संस्थाको विभिन्न कार्यक्रममा संयोजक भएर उत्कृष्ट काम गरेकाहरुलाई सम्मान, एसईईमा उत्कृष्ट भएका दुई विद्यार्थीलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट काम गर्ने धननारायण श्रेष्ठ र कर्मचारी कविता थापालाई पनि सम्मान गरिएको थियो ।
यसैगरी क्यान्सर रोग पीडित मीरा पन्तलाई आर्थिक सहयोग गरिएको थियो ।


संस्थाका अध्यक्ष सीमा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक भवानी माकाजूले स्वागत र सचिव कल्पना गौतमले सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया