दलित महिलालाई कानुनी सचेतना

समाधान संवाददाता २०८२ जेठ ३ गते १६:१८

पोखरा ।

Advertisement

पोखराको १६ नम्वर वडाभित्रका दलित समुदायका महिलालाई कानुनी सचेतना तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा जनजागरण आमा समूहको आयोजनामा तालिम भएको हो ।

कार्यक्रममा वडा सदस्य मञ्जु नेपालीले समाजमा पछाडि परेको दलित समुदायलाई कानुनी विषय र क्षमतागत विकासका लागी तालिम फलदायी रहेको बताइन् । उनले समाज विकासको संवाहक महिला नै पछाडि परेमा त्यसले ठूलो समस्या निम्त्याउने स्पष्ट पारिन् ।
सहभागीलाई उषा वरुवालले उद्यमशीलताका विषयमा प्रशिक्षण दिइन् । पूर्णशोभा मर्हजनले महिला माथि लाग्ने विभिन्न किसिमका लाञ्छनाले परिवारमात्र नभई समाज नै कमजोर बन्ने बताउँदै, मानसिक स्वास्थ्य सवल हुनुपर्नेमा जोड दिइन् ।

अर्का प्रशिक्षक दलित महिला संघ फेडो अध्यक्ष ईश्वरी विकले कानुनी प्रावधानबारे प्रकाश पारिन् । उनले दलित समुदायका निम्ति कानुनमा व्यवस्था भएका विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताईन् । समूहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सल्लाहकार एकराज नेपाली, पत्रकार शिशिर पौडेल, महिला अधिकारकर्मी, लक्ष्मी देवकोटा, फेडोका नितु नेपाली, उपाध्यक्ष सिर्जना नेपाली र सचिव ईश्वरी नेपालीले बोलेका थिए ।

सोही अवसरमा जनजागरण आमा समूहको साधारण सभा पनि भएको छ । सभाले समूहको वाषर््िाक प्रगति र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया