जल्धारे टोल विकासको साधारणसभा तथा भित्तेपात्रो विमोचन

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २६ काे जल्धारे टोल विकास संस्थाको शनिबार २०औं साधारणसभा तथा २०८२ को भित्तेपात्रो विमोचन गरिएको छ ।
पोखरा महानगरपालिका २६ का वडाध्यक्ष नरेन्द्र थापाले समाज विकासमा टोल विकासको महत्त्वपूर्ण भुमिका रहने बताए ।
टोल संस्था समाजका ऐना रुपमा रहेकाे बताउँदै समुदायका स-साना विषयमा पनि जानकार हुने उनकाे भनाइ छ । समाजमा हुने सबै कुरामा टोल संस्थाकाे प्रत्यक्ष सहभागिता रहने र जनताका विकास निर्माणमा जानकार हुने उनले बताए ।
टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगानाको अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्यद्वय तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, सल्लाहकार ईन्द्रप्रसाद ढुंगाना, लेखनाथ ढुंगाना, नमुना महिला समुहकी अध्यक्ष अङ्गुरदेबि भूर्तेल ढुंगाना, सीता अधिकारी ढुंगाना, रमेशराज ढुंगाना लगायतले बाेलेका थिए ।
कार्यक्रममा रमेशराज ढुंगाना, नमुना महिला समुहको तर्फवाट ८४ वर्ष माथिका ज्येष्ठ नागरिक शक्तिबल्लभ ढुंगाना, दुर्गा ढुंगाना, खिमलाल ढुंगाना, मंगलि ढुंगानालाई सम्मान गरिएको थियो । सचिव महादेव ढुंगानाले सचिव प्रतिवेदन र कोषाध्यक्ष विवेक ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कल्पना लामिछाने ढुंगानाले राखेकी थिइन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया