तमु धिँ नेपालको ४१ औँ स्थापना दिवस

पोखरा ।
गुरुङ समुदायको साझा संस्था तमु धिँ नेपालले सोमबार ४१ औँ स्थापना दिवस सम्मान, शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमसहित मनाएको छ । स्थापना दिवसको अवसरमा तमु धिँ नेपालका प्रमुख सल्लाहकार तथा शिक्षाविद गणेश बहादुर गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट एक लाख एघार हजार एक सय एघार रुपैँयासहित मेजर दिल बहादुर गुरुङलाई सम्मान अर्पण गरिएको छ । यस्तै तमु धिँ नेपालको केन्द्रीय कार्यलय परिसरमा निर्माण गरिएको गोलघर उद्घाटन गरिएको छ । उक्त गोलघर सामाजिक विकास कार्यलयको ५ लाख र तमु धिँ नेपालको ५३ हजार ४ सय ५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री विन्दु कुमार थापाले आउने बर्खे अधिवेशनबाट प्रदेश सरकारले गुरुङ र मगर भाषालाइ सरकारी कामकाजको भाषाका रुपमा बिधेयक नै बनाएर प्रचलनमा ल्याउन लागेको जानकारी दिए । भाषा सिक्नका लागि प्रदेश सरकारको तर्फबाट गण्डकी प्रज्ञा प्रतिष्ठानमार्फत तीन महिने तालिम दिइने समेत उनको भनाई छ ।
पर्यटकहरु आकर्षित गर्नका लागी मौलिक भाषा, संस्कार संस्कृति, रितिरिवाज महत्त्वपूर्ण हुने भएकाले त्यस्ता संस्कार,संस्कृति, भाषा,रितिरिवाज जोगाउनुपर्ने बताए । उनले संस्कृति संरक्षण कार्यमा बालबालिकालाइ पनि अभिभावकले आआफ्नो भाषा,संस्कृति र संस्कारहरु सिकाएर सहयोग गर्नुपर्नेमा जोड दिए ।
सम्मान ग्रहणपश्चात ८६ बर्षिय मेजर दिल बहादुर गुरुङले आफुले प्राप्त गरेको एक लाख एघार हजार एक सय एघार रुपैयाँ तमु धिँलाई नै प्रदान गरेका छन् । यो सम्मानले समाजसेवामा सक्रिय हुनका लागि थप हौसला मिलेको उनले बताएकाछन् ।
तमु धिँ स्थापना दिवसकै अवसर पारेर पोखराको प्रतिष्ठीत गुरुङ ब्युटी पार्लरले तमु धिं नेपाल केन्द्रिय युवा समितिलाइ प्रोत्साहनस्वरुप १ लाख पचास हजार सहयोग गरेको छ । गुरुङ व्युटिपार्लर स्थापनाको ३०औँ बार्षिकोत्सबको अवसरमा पार्लर सन्चालक बरिष्ठ सौन्दर्यविद चिनु गुरुङले उक्त रकम तमु धिँ नेपाल युवा समितिका अध्यक्ष रमेश गुरुङलाइ हस्तान्तरण गरेकी हुन् । यसबापत युवा समितिले सौन्दर्यविद गुरुङलाई सम्मान गरेको छ ।
कार्यक्रममा ३६ बर्ष संस्था सम्हालेका संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङले न्यायको लागि आवाज उठाउदा केन्द्रिय जेलसम्म पुर्याएको स्मरण गरिन् । तमु धिँको गौरवमय इतिहासलाई डगमगाउन नदिन आग्रह गरिन् । अध्यक्षको पदका लागि समयावधिको बिधान हटाउन आग्रह गरिन् ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्द गुरुङले अब लाहुरे भएर बिदेशिने मात्र होइन स्वदेशकै प्रसाशनिक क्षेत्रमा अवसर खोज्न आग्र गरे । उनले आफुले राज्यबाट पाउनुपर्ने सेवा सुबिधाहरुबारे पनि जानकार हुनुपर्ने बताए । सो अबसरमा उनले बित्त आयोगले गर्ने कामहरुको बारेमा जानकारी गराएका थिए । कुनैपनी पालिकाको क्षेत्रफल, राजस्वको आकार, भौगोलिक अवस्था आदिका आधारमा समानिकरण अनुदान बितरण गर्ने काम बित्त आयोगले गर्ने जानकारी दिए ।
कार्यक्रममा तमु धिँ नेपालका अध्यक्ष हुम बहादुर तमुले आदिवासी जनजातीहरुले आफूलाई दोस्रो दर्जाका रुपमा महशुस नगर्न र विभेदमा परीरहेका छौँ भन्ने खालको मनोविज्ञान रहेकाले शिक्षा, उद्यमशीलता, राजनीतिक, स्वरोजगार र प्रशासनिक क्षेत्रमा अब्बल भएर अगाडी बढ्नुपर्ने बताए । अब तमुहरुले राज्यसत्ता हाँक्न सक्ने आँट र साहस लिनुपर्ने अध्यक्ष तमुको भनाई छ ।
स्थापना दिवसको अवसरमा कोने घोताने घोन्डे गुरुङ तमु समाज र राष्ट्रिय तमु गुरुङ कलाकार संघ गण्डकीको नयाँ कार्यसमितिलाई सम्मान गरिएको छ । बेलायत भ्रमणमा जान लागेका तमु धि नेपालका अध्यक्ष हुम बहादुर तमु र गायिका प्रिया गुरुङलाइ बिदाइ गरिएको छ । सोमबार नै यज्ञ प्रसाद गुरुङ, नारायण गुरुङलाइ आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ । तमु भाषा लिपिका अध्यक्ष मन बहादुर गुरुङ आफैले लेखेको खें प्री लिपिका ५० वटा पुस्तक तमु धिँलाइ हस्तान्तरण गरेका छन् ।
कार्यक्रम सन्चालन तमु धि नेपालका महासचिव जुना कुमारी गुरुङ र सचिव जुम काजी गुरुङले गरेका थिए । तमु धिँ नेपालले स्थापना दिवसको पुर्वसन्ध्यामा आईतवार पोखराको चिप्लेढुङ्गादेखि नयाँबजार तमु धिँको केन्द्रिय कार्यलयसम्म सरसफाई गरेको थियो ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया