पोखरा १७ मा मानव अधिकार सचेतना

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा मानव अधिकार र महिला अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोगमा इन्सेक गण्डकी प्रदेश पोेखराले आयोजना गरेको कार्यक्रममा ३९ जनाको सहभागिता छ ।
कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले मानव अधिकार, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका पूर्व अध्यक्ष सवनम शर्माले महिला अधिकार, जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गतको महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक सरला ढकालले लैंगिक हिंसा न्यूनीकरण र अनलाइन दुव्र्यवहारबाट जोगिने उपायका बारेमा सहजीकरण गरेका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य विक्रम गुरुङले सबै नागरिक मानव अधिकार र नागरिकका कर्तव्य बारेमा सचेत नभएसम्म समाजको विकासक्रम तीव्र गतिमा अगाडि बढ्न नसक्ने तर्क गरे । ‘अझै पनि नेपाली समाज भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने मानसिकताबाट गुज्रिएको छ,’ उनले भने, ‘अधिकार र कर्तव्यको परिपालनासम्बन्धी कार्यक्रमले मानवीय विकासको सवाललाई सहयोग पुग्छ ।’
उनले मानवीय विकास विना समाज अगाडि बढ्न नसक्ने तर्क गरे । उनले हरेक नागरिक आफ्नो अधिकार र कर्तव्यबारे सचेत बन्नुपर्ने बताए । ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष टोपराज ढुंगानाले समाजमा बढ्दै गएको ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार र अपहेलनाले परिवारमा विग्रह र द्वन्द्व निम्ताउन सक्ने संकेत गरे ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै लैंगिक हिंसा, मानव बेचविखन र साइबर अपराधका घटनामा वृद्धि भएको उल्लेख गर्दै उनले अधिकारसँगै कर्तव्यसमेत जोडिएर आउने चर्चा गरे । उनले नागरिकले अधिकारको उपयोग गर्दा अरुको अधिकारको सम्मान गरेमात्र असल नागरिकको दायित्व पूरा हुने बताए ।
कार्यक्रममा शिवबुद्ध टोल विकास संस्थाका प्रतिनिधि मनशोभा गुरुङले अहिले पनि महिलामाथि हुने विभिन्न खालका विभेद हुने गरेको उल्लेख गरिन् । उनले महिला अधिकारसम्बन्धी कार्यक्रमले महिला हिंसाका घटना रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया