बास्केटबल प्रतियोगितामा २० टिमको सहभागिता

पोखरा ।
पोखराको नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयको आयोजनामा हुने पाँचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिमको सहभागिता हुने भएको छ । विद्यालयले २०८१ सालमा एसइई दिएर बसेका विद्यार्थीको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्देश्यले जेठ १५ देखि १७ गते सम्म प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने छात्रातर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले ८ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा मस्ट भ्यालुएबल छात्र, छात्राले दुई/दुई हजार प्राप्त गर्दा टप स्कोरर छात्र÷छात्राले एक÷एक हजार प्राप्त गर्ने प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको पहिलो खेल सरस्वती विद्याश्रम लामाचौर र घान्द्रुकबिच हुने खेल संयोजक अशोक शाहीले बताए । यही अवधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसप पनि हुनेछ । होटेल म्यानेजमेन्टतर्फ हाउस किपिङ, कफी वारिस्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यास गराइनेछ । वर्कसपमा सय विद्यार्थीको सहभागिता रहने प्रिन्सिपल श्रेष्ठले जनाए ।
प्रतियोगितामा भाग लिने सबै २०८१ सालको एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरु हुन् । माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय गण्डकी प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित स्कुल छ ।
तपाईको प्रतिक्रिया