माउन्ट अन्नपूर्णमा बास्केटबल सुरु

पोखरा ।
पोखराको ३ नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । उद्घाटनका दिन ७ खेल भएको खेल संयोजक अशोककुमार शाहीले बताए ।
जस अन्तर्गत घान्द्रुक, जेपिटी, गलेश्वर नीलो, त्रिसा शक्ति समाज, वियुजि, टिजी ब्रर्दर र मर्दीखोला विजयी भएको संयोजक शाहीले जनाए । पोखरा महानगपालिका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मीले विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले खेलकुदको माध्यमबाट विद्यार्थीमा अनुशासित र स्वस्थ हुने वातावरण सृजना हुने हुँदा खेलकुदको महत्व भएको उल्लेख गरे ।
विद्यालयका अतिरिक्त कार्यक्रम निर्देशक तजबहादुर गुरुङले विद्यालय गण्डकी प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित भएको बताए । उनले एसइई दिएर बसेका विद्यार्थीको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्देश्यले खेलकुदको कार्यक्रम आयोजना गरिएको जनाए ।
प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले विद्यालयले पठनपाठनसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा सधै जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा पूर्वअध्यक्ष चिजकाजी गुरुङ, प्रोमोटर झम गुरुङ, समाजसेवी भूपालजङ कुवँर, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ लगायत वडा ३ मा रहेका बिभिन्न संघ, संस्थाका प्रतिनिधिका सहभागिता थियो । २० टिमको सहभागिता रहेको प्रतियोगिता १७ गतेसम्म चल्नेछ ।







भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया