अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता, डायमण्ड र प्रतिभाको विजयी सुरुआत

पोखरा ।
पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पयिनसिपमा डायमन्ड सेकेन्डरी स्कुल र प्रतिभा माविले विजयी शुरुवात गरेका छन् । पोखराको लेखनाथस्थित इडेन गार्डेन क्रिकेट मैदानमा आइतबार भएको खेलमा डायमण्डले रत्न ज्योति सेकेन्डरी र प्रतिभा माविले कुमुदिनी होम्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन् ।
आइतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमन्ड सेकेन्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमन्डले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको रत्न ज्योतिले पूरै विकेट गुमाएर ८३ रन बनाएको थियो । रत्न ज्योतिका लागि सुबल साहले ३५ बलमा २३ रन र अभिषेक पौडेलले १८ बलमा १६ रन हानेर सम्मानजनक स्कोर बनाउन सफल भयो । रत्न ज्योतिलाई कम स्कोरमा समेट्न डायमण्डका मिलन पौडेलले ३ ओभरमा १५ रन खर्चेर २ विकेट तथा अविरल क्षेत्रीले ३ ओभरमा ९ रन खर्चेर २ विकेट हत्याए ।
८३ रनको सामान्य लक्ष्य पाएको डायमण्डले १४.५ ओभरमा ८ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसका लागि सविन थापाले १६ बलमा १६ रन तथा जेनिस आलेले १७ बलमा १४ रनको योगदान दिए । डायमण्डलाई दवाबमा राख्ने क्रममा रत्न ज्योतिका प्रतीक सुवेदीले ३ ओभरमा १७ रन खर्चेर ४ विकेट हत्याएपनि टिमलाई जिताउन असफल भए ।
खेलमा प्लेयर अफ दी म्याच डायमण्डका अविरल क्षेत्री घोषित भए ।

दोस्रो खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई एक सय रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको प्रतिभा माविले १६ ओभरमै २ विकेटको क्षेतीमा २११ रनको विशाल योगफल तयार ग¥यो । निर्धारित २० ओभरको खेलमा १६ ओभरमै विशाल योगफल बनाएपछि वर्षाका कारण खेल रोकिन सक्ने डरले त्यसपछिको ४ ओभर प्रतिभाले नखेल्ने घोषणा ग¥यो । प्रतिभाका लागि विशाल योगफल तयार गर्ने क्रममा सफल श्रेष्ठले ६१ बलमा १२० रनको शतकीय पारी खेले । त्यस्तै, साबुद्धिन नेपालले २८ बलमा ५१ रनको अर्ध शतकीय योगदान दिए ।
कुमुदिनी होम्सका विद्वान देवकोटाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट हत्याएपनि प्रतिभालाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् ।
२११ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स १६.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा सिमित भएपछि प्रतिभा एक सय रनले बिजयी भएको हो । कुमुदिनी होम्सका लागि रोहितराज साहले २४ बलमा ३० रन तथा श्रवण कुँवरले १६ बलमा ११ रन बनाएपनि जितका लागि पर्याप्त भए । कुमुदिनीलाई कम स्कोरमा रोक्ने क्रममा प्रतिभाका मिसन विकले ३ ओभरमा एक ओभर मेडन राख्दै ११ रन खर्चेर ३ विकेट तथा अनुज अधिकारील ५ बलमा ५ रन खर्चेर २ विकेट हतयए ।
सो खेलमा प्लेयर अफ दी म्याच प्रतिभाका सफल श्रेष्ठ घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार कुमुदिनीबिरुद्ध जुनियर सिटिजन एकेडेमी तथा त्रिवेणी पब्लिक स्कुलबिरुद्ध मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा उत्रिनेछन् ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया