अमरसिंह र बाराही फाइनलमा

पोखरा ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ बाउन्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टि २० क्रिकेट प्रतियोगितामा छात्रतर्फ अम्मरसिंह र बाराही मावि फाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा बाराहीले कम्युनिटी सेन्टरलाई ८४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
टस जितेको कम्युनिटी सेन्टरले पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको बाराहीले निर्धारित २० ओभरमा १७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १० रन बनाउन सक्यो । जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको कम्युनिटी सेन्टर ८.२ ओभरमा २७ रनमै अल आउट हुन पुग्यो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अमरसिंह माविले त्रिभुवन सेकेन्डरीलाई ८८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टस जितेर ब्याटिङ रोजेको अमरसिंहले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार पारेको थियो ।
प्रतिउत्तरमा त्रिभुवनको पारी ११.२ ओभरमा ४९ रनमै समेटिन पुग्यो । त्रिभुवनका अंकित पौडेलले सर्वाधिक १७ रन जोडे । अमरसिंहका बलर विमोचन सापकोटाले ४ तथा दिप्सन सापकोटाले ३ विकेट लिए । प्रतियोगितामा ५४ रनसँगै ४ विकेट लिएका विमोचन सापकोटा प्लेयर अफ द म्याच भए ।








‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया