प्रदूषणविरुद्ध पोखरा लर्नर्सको अभियान

पोखरा ।
सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा लर्नर्स एकेडेमीले प्लास्टिक प्रदूषणविरुद्ध सातदिने अभियान सुरु गरेको छ । गत जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने क्रममा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूले पोखरा–६, लेकसाइडस्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन् । विद्यालयका प्राचार्य विधान गौतमले यो अभियानले निरन्तरता पाइरहेको जानकारी दिए ।
विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापअन्तर्गत पोखरा–७ मा रहेको लर्नर्स एकेडेमीले सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वातावरण सप्ताहको अवसरमा विद्यार्थीहरूले केदारेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गर्दै यस वर्षको विश्व वातावरण दिवसलाई सफल बनाउने प्रतिबद्धता जनाएका छन् । ‘प्लास्टिक प्रदूषणविरुद्ध एकजुट होऔँ’ भन्ने नारालाई आत्मसात् गर्दै उनीहरूले प्लास्टिक र अन्य फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश प्रवाह गरेका छन् ।
सहभागी विद्यार्थीहरूले भने, ‘प्लास्टिकका कारण हाम्रा ऐतिहासिक मन्दिर र प्राकृतिक सौन्दर्यमा असर परिरहेको हामीले महसुस गरेका छौँ । त्यसैले सरसफाइमार्फत प्लास्टिक प्रदूषणविरुद्ध अभियान सुरु गरेका हौँ ।’ विद्यालयका माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरूको सक्रियताको प्रशंसा गर्दै भने, ‘विद्यार्थीमा वातावरणीय चेतना जगाउन र प्लास्टिक प्रदूषणविरुद्ध व्यवहारिक कदम चाल्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’
यसै क्रममा विद्यार्थीहरूले पोस्टर निर्माण, निबन्ध लेखन, वादविवाद प्रतियोगिताजस्ता गतिविधि सञ्चालन गरेका छन् । प्लास्टिक प्रदूषण न्यूनीकरणमा योगदान पु¥याउने लक्ष्यसहित विद्यालयले आगामी दिनमा प्लास्टिकको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । वातावरण सप्ताहको समापनमा सरसफाइमा सक्रिय विद्यार्थीहरूलाई सम्मान र पुरस्कार वितरण गरिनेछ । आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने शिक्षक आदर्श घिमिरेले बताए ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया