अष्ट्रेलियामा क्रिकेट क्लबका मालिक तनहुँका राणा एनआरएनए ओसेनियाको डेपुटी संयोजक

पोखरा ।
नेपाली समुदायलाई विश्वभर संयोजन गर्ने उद्देश्यले गठित गैर–आवासीय नेपाली संघले तनहुँका प्रताप सम्शेर राणा ओसिनिया क्षेत्रीय डेपुटी संयोजक निर्विरोध निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले उनलाई नयाँ जिम्मेवारी प्रदान गरेको हो ।
ओसेनिया क्षेत्रमा नेपाली समुदायको सक्रियता वृद्धि गर्न राणालाई जिम्मेवारी प्रदान गरिएको संघका एक पदाधिकारीले बताए । उनले नेपाली समुदायको सक्रियताका क्षेत्रमा खेलेको भूमिकाका आधारमा सर्वसम्मत जिम्मेवारी प्राप्त गरेको बताइन्छ ।
जिम्मेवारी प्राप्त गरेका राणाले ओसिनियामा बसोबास गर्ने नेपालीहरूको एकतालाई अझ मजबूत पार्दै डायस्पोराका नेपालीहरूको शैक्षिक, आर्थिक र सांस्कृतिक अधिकारको प्रवद्र्धन र नेपालसँगको सम्बन्ध प्रगाढ पार्न योगदान दिने बताए ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले एक कार्यक्रममा राणालाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना समेत दिइन् । क्यापेला क्लिनिङ कम्पनीका सञ्चालक राणाले झण्डै एक हजारलाई रोजगारी दिइरहेका छन् । उनी आफ्नै लगानीको क्यापेला क्रिकेट क्लबामार्फत नेपालीलाई अष्ट्रेलियन खेल क्षेत्रसँग जोड्न समेत सक्रिय छन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया