पोखरा १७ का ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

पोखरा ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना ज्येष्ठ नागरिकलाई बागलुङ कालिका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो ।
दुईवटा बसमार्फत एकदिने तीर्थयात्रामा निस्केका ज्येष्ठ नागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडा कार्यालयमा जम्मा भएका जेष्ठ नागरिकलाई खादा लगाएर बिदाइ गरेकी हुन् । उनीहरु शनिबार नै फर्केका छन् ।
उनका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र अनुभवको सदुपयोग गरी उनीहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव सहितको व्यवहार गर्नु अपरिहार्य छ ।
स्थानीय तहले नागरिकको जीवनयापनमा समस्या देखेमा निजको सन्तान वा नागरिकको हकवालाको आयश्रोतबाट केही प्रतिशत कटौती गरी सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने संवैधानिक नीति रहेको उनले जानकारी दिइन् ।
वडा सदस्यहरु विक्रम गुरुङ, विष्णुमाया थापा र सूचना अधिकृत रुद्र थापा मगर र प्राविधिक हरिहर खड्काले तिर्थयात्रामा सहभागीहरु सेवा पु¥याए । वडा कार्यालयले ज्येष्ठ नागरिकको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौला कालिकाको तीर्थयात्रा सम्पन्न गर्नुको साथै वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ ।








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया