प्रचण्ड कप भलिबल प्रतियोगितामा ६ समूह

पोखरा ।
नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ गर्न लागेको छ । अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा जेठ २७ देखि ३१ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
प्रतियोगिता पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका ६ प्रमुख महिला टिमको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने अध्यक्ष कोइरालाले बताए ।
नेपाल आर्मी क्लबले अन्तिम अवस्थामा सहभागी नहुने जानकारी गराएपछि नयाँ टोली स्टेप रामपुरले अवसर पाएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन खेलमा गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेसनल स्पोट्र्स एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार प्रदान गरिनेछ ।
सहभागी टिमले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था छ । ॅनेपालको राष्ट्रिय खेल भलिबलको विकास र व्यावसायिक उचाइमा पुर्याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं,’ कोइरालाले भने, ॅप्रतियोगिता महिला भलिबल खेलाडीको क्षमताको पहिचान र प्रवद्र्धनमा एक कोसेढुंगा बन्ने विश्वास लिएका छौं ।’
उनले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै फागुनसम्म पुरूष भलिबल प्रतियोगिता आयोजना गर्ने उल्लेख गरे । उनले उद्घाटनको कार्यक्रममा सहभागी हुने सर्वसाधारणका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाएको बताए । उद्घाटन बाहेकका लिग चरणका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।







प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
हिलसाइडमा दिवसीय वार्षिक खेलकुद
विन्ध्येश्वरी आदर्श स्कुलमा अंग्रेजी स्किल टेस्ट
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया