पोखरामा ‘पर्या कविता गोष्ठी’

पोखरा ।
पोखराको जेठो साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले विश्व वातावरण दिवसका अवसरमा ‘पर्या कविता गोष्ठी’ कार्यक्रम विन्ध्यवासिनी मन्दिरको सचिवालयमा सम्पन्न गरेको छ । प्रत्येक वर्ष जुन ५ मा मनाइने वातावरण दिवसको यस वर्षको नारा ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ थियो ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार सरुभक्तले भने, ‘पोखरेली युवा सांस्कृतिक परिवारले पर्यावरण केन्द्रित काव्य गोष्ठी पहिलो पटक गरेको छ र यो कार्यक्रमलाई हरेक वर्ष निरन्तर रूपमा गर्न आवश्यक छ । वैदिक कालदेखि नै पूर्वीय वाङ्मयमा वातावरणसँग सम्बन्धित काव्य रचना हुँदै आएको छ, तर पर्यावरण साहित्य भने नयाँ शब्दावलीको रुपमा पछिल्लो समयमा आएको हो ।
वैदिक साहित्यमा भूमि, जल, पृथ्वी, वन, आकाशजस्ता तत्वहरूको पूजा गर्ने खालका साहित्यको सिर्जना भएको छ । लामो समयदेखि साहित्यकारहरूले नदी, हिमाल र वातावरणमाथि साहित्य सिर्जना गर्दै आए पनि ती सबै पर्या साहित्य नहुन सक्छन् । जुन साहित्यले वातावरण विनाशलाई सम्बोधन गर्छ, त्यही पर्या साहित्य हो ।’
एक दिन
नातिले
आफ्नो बाजेलाई सोध्नेछ,
‘बाजे, बाघ भनेको कस्तो हुनेछ?
मान्छेजस्तो हुन्छ
कि मान्छेभन्दा भयानक हुन्छ?’
बाजे असमञ्जसमा
आफ्नो बूढो कपाल कन्याउनेछन्,
अनि भन्नेछन्,
‘बाबु, बाघ मान्छेभन्दा भयानक थियो,
तर अहिले मान्छे बाघभन्दा भयानक भएको छ ।
त्यसैले तिमी छौ,
तर बाघ छैन ।’
विशेष आमन्त्रित व्यक्तित्व कवि तीर्थ श्रेष्ठले ‘बाघ’ शीर्षकको आफ्नो पर्या कविता वाचन गरे । प्रकाश ज्ञवाली, शिव त्रिपाठी, अल्पविराम पोखरेली, चन्द्रावती वाग्ले, अमृत क्षेत्री, विष्णु बास्तोला, छविलाल आचार्य, वसन्त चालिसे, रोशन तिमिल्सिना, कल्याण पन्त, गीता त्रिपाठी, ढाकामोहन बराल, विश्वराज रसाइली र समीप वैरागीले पनि पर्या कविता वाचन गरे ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया