बास्केटबल संघको तालिम

पोखरा ।
नेपाल बास्केटबल संघ गण्डकी प्रदेशको आयोजनामा निर्णायक प्रशिक्षक तालिम पोखरामा भएको छ । तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडी गरी ३२ जनाको सहभागिता रह्यो ।
तीन दिनसम्म सञ्चालित उक्त तालिम समापन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै निर्णायकको प्रमुख भूमिका रहने जनाए । उनले चनाखो रहेर काम गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा फिफा रेफ्री राजकुमार महर्जनले सहजीकरण गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबी आस्था मगरले खेलकुद सम्पन्न गर्नका लागि निर्णायकको भूमिका मुख्य हुने भएकाले तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने विचार राखे ।
प्रशिक्षार्थी ईन्द्र गुरुङले बास्केटबल संघले प्रदेश भरका निर्णायकहरुलाई सहभार्गी गराई तालिमको आयोजना गरेर आफुहरुमा थप ऊर्जा थप्ने काम भएको बताए ।
नेपाल बास्केटबल संघ गण्डकी प्रदेश अध्यक्ष ध्वोजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष किरण सापकोटा, महासचिव विष्णुकुमार गुरुङ, बास्केटबल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जुमप्रसाद गुरुङ, बास्केट बल संघका सल्लाहका नारायण शर्मा लगायतले बोलेका थिए ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया