भारतबाट लन्डन जाँदै गरेको विमान दुर्घटना

समाधान संवाददाता २०८२ जेठ २९ गते १५:५०

पाेखरा ।
भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थल नजिकै बिहीबार दिउँसो मेघानीनगर क्षेत्रमा विमान दुर्घटनामा परेको छ। दुर्घटना

Advertisement

एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमानले लन्डनका लागि उडान भरेपछि केही बेरमै समस्यामा परेर दुर्घटनाग्रस्त भएको जनाइएको छ। विमानमा कुल २४२ यात्रु सवार थिए।

स्थानीय बासिन्दा र प्राप्त भिडियोहरू अनुसार दुर्घटनापछि आकाशमा बाक्लो कालो धुवाँ फैलिएको देखिएको छ। घटनास्थल नजिकै स्थितवासीमा त्रास फैलिएको छ।

Advertisement

दुर्घटनाको जानकारी पाएपछि सातवटा दमकलसहितको आपतकालीन टोली तुरुन्तै घटनास्थलमा खटिएको छ। उद्धार र आगलागी नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ।

अहिलेसम्म घटनाको कारण र यात्रुहरुको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

Advertisement

तपाईको प्रतिक्रिया