प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ र पुलिस उपाधि नजिक

पोखरा ।
पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि लागि २ विभागीय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनल खेलमा पुलिसले एभरेस्ट भलिबल क्लब र एपिएफले न्यु डायमन्डलाई पराजित गरी फाइनलमा स्थानका पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेस्ट क्लबमाथि सोझो तीन सेटमा सहज जित दर्ता गर्यो । पुलिसले एभरेस्ट माथि २५–१६, २५–१३ र २५–११ को जित निकालेको हो । २ हप्ताअघि पोखरामै भएको नवौं प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगितामा उपाधि जितेको पुलिस पुनः दोस्रो उपाधि रक्षा गर्ने दाउमा छ ।
दोस्रो सेमिफाइनल खेलमा एनभिए कपमा दोस्रो भएको न्यु डायमन्डलाई एपिएफले सेमिफाइनलमै रोकेको छ । एपिएफले न्यु डायमन्डलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।
शनिबार हुने फाइनलमा एपिएफ र पुलिस प्रतिस्पर्धा गर्ने छ भने तेस्रो स्थानका लागि डायमन्डले एभरेस्टसँग खेल्ने नेसनल स्पोर्ट्स एकेडेमी अध्यक्ष दीपक कोइरालाले बताए । ६ टिमको सहभागिता रहेको प्रतियोगितामा पाल्पाको स्टेप रामपुर र घरेलु टिम गण्डकी भलिबल संघ लिग चरणबाट बाहिरिएका थिए ।
प्रतियोगितामा विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँका साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकरलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा आयोजित प्रतियोगिता जेठ २७ गतेदेखि सुरु भएको हो ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया