एपिएफले उचाल्यो प्रचण्ड कप

पोखरा ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । तेस्रो स्थानका लागि शनिबारै भएको खेलमा एभरेस्ट क्लब्लाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि हात पा¥यो । न्यु डायमन्डले एभरेष्ट क्लबलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
लिग चरणको पहिलो खेलमा पुलिसले एपिएफलाई जितेको थियो भने पुलिस नवौं एनभिए कप करिब २ साताअघि पोखरामा भएको प्रतियोगिताको विजेता टिम हो । एपिएफले पुलिससँग बदला लिँदा उपाधि चुम्यो ।
प्रतियोगितामा विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा एपिएफकी निरुता ठगुन्ना चयन भइन् । उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट सर्भर एपिएफकी सृष्टि खड्की, उत्कृष्ट ब्लकरमा न्यु डाइमन्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजंग मल्ल घोषित भए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्टलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ६ टिम सहभागी थिए ।
विजयी खेलाडीलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, पार्टीका स्थायी कमिटी सदस्य सत्या पहाडी, राखेप बोर्ड सदस्य प्रकाश कुसारी, गण्डकी प्रदेशका पूर्वमन्त्री रेशम जुग्गाली, आशा कोइराला, नेसनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइराला, उपाध्यक्ष शिव कोइराला (ज्वाला), प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङ, टाइगर ग्रुप अफ पोखरा अध्यक्ष नारायण शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष मानबहादुर घर्तीमगर, निवर्तमान अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गरे ।
सोही अवसरमा नेसनल स्पोट्र्स एकेडेमीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २५ हजार सहयोग गरेको छ । खेल पत्रकार कल्याणकारी कोषका लागि आयोजकले उक्त रकम सहयोग गरेको मञ्चले जनाएको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया