ब्याकयार्ड अल्ट्राको उपाधि विजयलाई

पोखरा ।
ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनी सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागि हुन पाउँनेछन्।
विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७ दशमलव ५५ किलोमिटर दौड पूरा गरेका थिए। शनिबार बिहान ८ बजे सुरु भएको दौड आइतबार बिहान ९ बजेसम्म सञ्चालन भएको थियो।
फिट नेपालको आयोजनामा पोखराको भलाममा भएको प्रतिस्पर्धामा विभिन्न देशका ५२ जना धावक सहभागि रहेकाे प्रतियोगिता संयोजक सुवासचन्द्र बस्नेतले बताए । प्रतियोगिताका निर्देशक जितेश प्रधानले ब्याकयार्ड अल्ट्रा अनौठो र चुनौतिपूर्ण दौड रहेको बताए।
उनका अनुसार सहभागीले हरेक घण्टामा ६ दशमलव ७०५ किलोमिटर दूरी तय गर्नुपर्छ। यो दूरी एक राउन्डको रुपमा लिइन्छ र प्रत्येक राउन्ड १ घण्टा भित्र सम्पन्न गर्न अनिवार्य हुन्छ। दौडको मुख्य विशेषता भनेको, यो कुनै निश्चित दूरी वा समयसम्म मात्र सीमित हुँदैन। दौड तबसम्म चलिरहन्छ जबसम्म अन्तिम एक जना धावक मात्रै बाँकी रहन्छ। पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा १२ लूप अर्थात् १२ राउण्ड पार गर्नुपर्नेछ।

प्रतियोगितामा मिलन कुलुङले पनि २४ लूप पूरा गरेका छन्। उनी पनि अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
महिला धाविका पदमकुमारी सुनुवारले १२ लूप पूरा गरी २० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगितामा महिला र पुरुष एउटै समूहमा रहेकाले सुनुवारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको आयोजक पक्षका इश्वर गुरुङले जानकारी दिए ।
दौडमा सहभागीले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जंगली जनावर र चराचुरुङीको आवाज सुन्न पाउने फिट नेपालका राजीव श्रेष्ठकाे भनाइ छ । सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेलले सुरु गरेको यो प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्ने गरी विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए।
ब्याकयार्ड अल्ट्रा नेपालको पहिलो संस्करण गत माघमा भक्तपुरमा भएकाे थियो। उक्त प्रतियोगितामा अर्जुन कुलुङ राईले २१ लूप पूरा गर्दै उपाधि जितेका थिए।








पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया