खेलकुद महासंघ गण्डकीमा बोधराजको नेतृत्व

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकीले दोस्रो प्रदेश अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष बोधराज गिरीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा ईश्वर अधिकारी र रमेश कार्की, सचिव माधव क्षत्री, उपसचिवमा विकास सुनार र राजन गुरुङ, कोषाध्यक्ष सवी गौचन शेरचन छन् ।
कमिटीको कार्यालय सचिव रामचन्द्र गिरी, कमिटीका सदस्यमा हरि बरुवाल, कुमारबहादुर क्षत्री, सिबिन्द्र भण्डारी, देविका गिरी, लक्की पुन, रोशन छन्त्याल, सुमनविक्रम शाही, नवीन गुरुङ निर्विरोध भएको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
कमिटीका सदस्यमा प्रदीपबहादुर विक, दिलबहादुर थापा, काशिनाथ भट्टराई, नर्वु घले, सपना श्रेष्ठ, शर्मिला देवकोटा, लुकु पुन, सेतबहादुर पुन, भूमेश्वर भुषाल, सुजन क्षत्री, धनराज गुरुङ, माया क्षत्री, प्रमिला गिरी निर्वाचित भएका छन् ।
‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिको लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने नाराका साथ अधिवेशन भएको हो । अधिवेशनमा गण्डकीका ५ जिल्ला, खेल संघ र आयोजक कमिटीसहित १ सय ५१ जनाले भाग लिएका थिए ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख वक्ता रहेको अधिवेशनमा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेत, पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधि सभाका सदस्य दामोदर बैरागी, नेकपा (एमाले) गण्डकी प्रदेशका उपाध्यक्ष मीनप्रसाद गुरुङ, महासंघका उपाध्यक्ष दीपेन्द्रप्रसाद दाहाल, तिरनदाज गौतम, महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामा, सचिव विष्णु पुन लगायतले खेलकुद क्षेत्रको सुधार, पारदर्शिता, सहकार्य र नयाँ नीति निर्माणमा जोड दिए । अधिवेशनले नीति तथा कार्यक्रम निर्धारण र संगठन सुदृढीकरणका लागि विभिन्न प्रस्तावसमेत पारित गरेको छ ।







प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
हिलसाइडमा दिवसीय वार्षिक खेलकुद
विन्ध्येश्वरी आदर्श स्कुलमा अंग्रेजी स्किल टेस्ट
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया