नयाँपन छैन : रेशमबहादुर जुग्जाली

रेशमबहादुर जुग्जाली
पूर्वभौतिक मन्त्री
बजेटको समग्र विषय हेर्न बाँकी छ । रेडबुक आइसकेपछि काँ–काँ, कस्तो छ भनेर हेरेपछि समग्र कुरा थाहा हुने हो । यस्सो प्याटर्न हेर्दा चाहिँ नीति कार्यक्रमलाई बजेटले थोरै थोरै टच त गर्न खोजेको छ । तर, जे छ, त्यो चाहिँ विगतको जस्तै छ । खास नयाँपन देखिएन । दुई तिहाइको बलियो सरकार भएका बेला गेम चेन्जर खालका रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि गर्ने खालको बजेट देखिन्न ।
अहिलेसम्मको बजेट हेर्दा बढ्नुपर्ने ठाउँमा घट्दो क्रममा छ । यो चिन्ताजनक विषय हो । कम्तीमा पनि भएका स्रोत, साधन प्रयोग गरी राजस्वको दायरा बढाएर अघि बढ्नुपथ्र्यो । आन्तरिक ऋण लिने कानुन नबनेको अवस्थामा अहिले पनि झण्डै डेढ अर्ब आन्तरिक ऋणको कुरा छ । ५ अर्बभन्दा बढी आन्तरिक राजस्व संकलन गर्ने भनिए पनि ३ अर्बभन्दा संकलन भएकै छैन । यहाँ बजेट अल्मलिएको छ ।
राजस्व बढाउने, प्रदेशलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना हुने खालका कार्यक्रम ल्याउने विषयमा ध्यान दिनुपर्ने थियो । तर, बजेट त्यस्तो देखिएन । हामीले हेर्दा के देखिन्छ भने जो दायित्व सिर्जना भएका बहुवर्षे आयोजनाहरु छन्, त्यो गत वर्षको बजेटमा पनि अलपत्र पार्ने गरी आयो । विषयगत मन्त्रालयमा आएपछि यसका फिगर अझै राम्रोसँग देखिन्छ । तर, अहिले वितरणमुखी र कार्यकर्ता खुसी पार्ने खालको हो कि भन्ने देखिन्छ ।






पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया