बेनपा र राइजिङ बलर्सलाई उपाधि

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३ नदीपुर स्थित न्यु ग्यालेक्सी स्कुलले आयोजना गरेको सातौँ एसइई बास्केटवल प्रतियोगिता सकिएको छ । प्रतियोगिताको उपाधि छात्रतर्फ म्याग्दीको बेनी नगरपालिका (बेनपा) र छात्रातर्फ राइजिङ बलर्सले जितेका छन् ।
फाइनलमा बेनपाले टिजी ब्रदर्स र राइजिङले अमेची टिमलाई पराजित गर्दै उपाधि जितेका हुन् । बेनपाले २० हजार र राइजिङले १० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको संयोजक क्या. वीरबहादुर गुरुङले जानकारी दिए ।
उपविजेता बनेको टिजी ब्रदर्सले १० हजार र अमेची टिमले ६ हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ७ टिम सामेल थिए । काठमाडौंबाट एक छात्रासहित तीन, बुटवलबाट एक तथा अन्य टिम कास्की, तनहुँ, पर्वत, म्याग्दी र बागलुङबाट सहभागी थिए ।
विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक संघका अध्यक्ष खड्गबहादुर रानाभाट, विद्यालयका प्राचार्य डा रामजी शर्मा, निर्देशक राजु कायस्थ, सहायक प्राचार्य राजेश भण्डारी लगायतले पुरस्कार वितरण गरे । टिममा एसइई परीक्षा दिएर बसेका विद्यार्थीमात्र थिए भने सबै खेल अन्तर्राष्ट्रिय बास्केटबल महासंघको नियम अनुसार लिगकम नकआउटका आधारमा खेलाइएको थियो ।
विद्यार्थीमा आपसी समझदारी, नेतृत्व क्षमता र समूहमा कार्य गर्ने सीप विकास गर्ने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने, विद्यार्थीमा आत्मविश्वास, सहनशीलता र सकारात्मक प्रतिस्पर्धाको भावना जगाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया