पोखरा युनाइटेड एकेडेमीमा एसइई कप शुरु

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा एसइई कप २०८२ शुरु भएको छ । प्रतियोगिताअन्तर्गत फुटसल, बास्केटवल, भलिवल र क्वीज हुनेछन् । जसमा भलिबलमा ४० छात्र र १० छात्रासहित ५० टिमको सहभागिता छ ।
यस्तै बास्केटवलमा ३४ छात्र र नौ छात्रासहित ४३ टिम तथा फुटसलमा ३२ टिमको सहभागिता रहेको विद्यालयका सहायक प्राचार्य गोविन्द प्रसाद चापागाईंले जानकारी दिए ।
क्वीजमा भने १२ टिमको सहभागिता छ । तीन वटै खेलका विजेता टिमले १२ हजार र उपविजेता टिमले आठ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
क्वीज विजेताले पाँच र उपविजेताले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने सहायक प्राचार्य चापागाईंले जानकारी दिए ।एसइई परीक्षा २०८१ मा सहभागी विद्यार्थीमात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन् । सबै खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ ।
तीन दिनसम्मि चल्ने प्रतियोगिता उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।
प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।
उद्घाटन कार्यक्रममा विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारी, विद्यार्थी संयोजक फणीन्द्रराज पौडेललगायतले बोलेका थिए भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
२०५० सालमा स्थापित विद्यालयमा हाल नौ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय ५० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।
विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया