पोखरा एकेडेमी र हिमालयन बोर्डिङलाई ह्यान्डबल उपाधि

समाधान संवाददाता २०८२ असार ५ गते २०:३३

पोखरा । पोखरामा आयोजित अन्तरविद्यालयस्तरीय छात्र तथा छात्रा ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ पोखरा एकेडेमी र छात्रातर्फ हिमालयन बोर्डिङ स्कूलले उपाधि जितेका छन् । पोखरा रंगशालामा हालै सम्पन्न भएको उक्त प्रतियोगितामा छात्रतर्फको फाइनल खेलमा पोखरा एकेडेमीले हिमालयन बोर्डिङ स्कूललाई र छात्रातर्फको फाइनल खेलमा हिमालयन बोर्डिङ स्कूलले माउन्ट अन्नपूर्ण माविलाई पराजित गर्दै उपाधि हासिल गरेका हुन् ।


छात्रतर्फ पोखरा लर्नर्स एकेडेमी र छात्रातर्फ गण्डकी बोर्डिङ स्कूल तेस्रो भएका छन् । विजेता टोलीले नगद १३ हजार, उपविजेताले जनही १० हजार र तेस्रो हुनेले ७ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य पञ्चराम गुरुङ, परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही, सदस्य विक्रम गुरुङ, प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, जिल्ला अध्यक्ष चित्र थापालगायतको उपस्थिति थियो ।

Advertisement

असार १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिता सुषान्त बाल क्लब पोखरा–१७ को व्यवस्थापन र सुषान्त आमा समूहको आयोजनामा मंगलबार समापन भएको सुषान्त आमा समूहकी अध्यक्ष पवित्रा थापा रेग्मीले बताइन् । जिल्ला ह्याण्डबल संघ कास्कीको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको क्लबका अध्यक्ष एवं निर्देशक परिवेश थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया