पोखराको टप्समा माविमा एसइई कप

समाधान संवाददाता २०८२ असार ५ गते २०:४१
oplus_2

पोखरा । पोखराको बुद्धचोकस्थि टप्स सेकेन्डरी स्कुलमा बिहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसइई कप २०८२ सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो ।

यही असार १० गतेसम्म सञ्चालन हुने फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) र साइन्स क्विज कन्टेस्ट खेल हुने छन् । विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ७४ टिम सहभागी छन् । बास्केटबलमा २४ छात्र र ४ छात्राका टिम, भलिबलमा ४८ छात्र र २२ छात्राको टिमको सहभागिता छ भने साइन्स क्विजमा ३२ टिम सहभागी हुँदै छन् ।

पहिलो दिन भएको बास्केटबल प्रतियोगितामा ५ खेलमात्र भए । देवकोटाले शैक्षिक गतिविधिसँगै खेलकुदको क्षेत्रमा पनि छुट्टै पहिचान बनाउने उद्देश्यसाथ प्रतियोगिताको आयोजना गरिएको बताए । कार्यक्रममा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले खेल गतिविधिले एसइई दिएर बसेका विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए । उनले विद्यार्थीले किताबी ज्ञानले मात्र नभई खेल क्षेत्रबाट पनि आफ्नो भविष्य निर्माण गर्न सक्ने जनाए ।

Advertisement

‘टप्स स्कुल शैक्षिक लगायत खेलकुद जस्ता गतिविधिका माध्ययमबाट देशकै अग्रणी शैक्षिक संस्थाको रुपमा विकास भएको देख्न चाहन्छु’, उनले भने । विद्यालय अध्यक्ष बलबहादुर थापाले यति बेला टप्स सेकेन्डरी स्कुलका विषयमा पोखरामात्र नभई बाहिरी जिल्लाबासीले पनि चासोको साथ हेरेको बताए । आफूहरुले केही वर्षभित्रै विद्यालयलाई उत्कृष्ट बनाउने योजन साथ अघि बढेको भन्दै थापाले यसै क्रममा एसइई दिइबसेका विद्यार्थीलाई लक्षित गरी खेल प्रतियोगिताको आयोजना गरिएको बताए ।

विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले विद्यार्थीमा रहेको खेलकुदका प्रतिभालाई प्रदर्शन गर्ने माध्यमका रुपमा प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयका खेलकुद शिक्षक ऋषिसरा थापाले खेलकुद अनुशासन र स्वास्थ्यको प्रतीक रहेको बताइन् । साइन्स केमेस्ट्री संयोजक विकल रानाभाटले चालु शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनका साथ विद्यालय सञ्चालन भएको भन्दै कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाइ सुरु गर्न लागिएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया