ह्विलचियर तथा वैशाखी दौड हुने

पोखरा ।
अपांगता खेलकुद समाज पोखरा नेपालले शारीरिक अपांगता भएका व्यक्तिका लागि महिला तथा पुरुष ह्विल चियर तथा वैशाखी दौड प्रतियोगिता २०८२ आयोजना गरेको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा भएको प्रतियोगितामा ४ इभेन्टमा खेल भएको थियो । पोखरा रंगशालामा भएको १ किलोमिटर महिला ह्विल चियर दौडमा धना घर्तीमगर प्रथम भइन् । प्रतियोगितामा अञ्जु बराल द्वितीय र पवित्रा विक तृतीय बने । २ सय मिटर महिला वैशाखी दौडमा नारायणी ढकाल प्रथम, एञ्जिला खत्री द्वितीय र अञ्जना गुरुङ तृतीय भएको समाजका अध्यक्ष गंगाबहादुर खड्काले जानकारी दिए ।
१ किलोमिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली प्रथम भए । प्रतियोगितामा भरत अधिकारी द्वितीय र जीवन श्रेष्ठ तृतीय भए । २ सय मिटर पुरुष वैशाखी दौडमा कृष्णराज लामिछाने प्रथम, शोभाखर ढकाल, द्वितीय र श्रीनाथ पौडेल तृतीय भए । सिटीजन फर्निचर न्युरोड र फ्रन्कलिन इन्टर नेसनल ग्रुप पोखरा १५ नयाँगाउँको सहयोगमा भएको खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले उद्घाटन गरेको खेलकुद प्रतियोगितामा पोखरा १५ का वडा सदस्य बलराम पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला सदस्य पार्वती कार्की, स्वावलम्बन जीवन पद्वति केन्द्र पोखरा अध्यक्ष हेमबहादुर गुरुङ, अपांगता खेलकुद समाज पोखरा नेपालका अध्यक्ष खड्का, उपाध्यक्ष चेतप्रसाद अधिकारी, सचिव शोभाखर ढकाल लगायतले खेलकुदको महत्वमाथि प्रकाश पारे ।









एआई तालिम
मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया