सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

काठमाडौँ ।
दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ ।
वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै उपाधि जितेको हो ।
लन्डनमा टस हारेर पहिला बलिङ गरेको ब्रिज ११ का लागि म्यानी गुरुङले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै दिवश गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा ५४ रन जोडेका थिए ।
बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २–२ विकेट लिए ।
ब्रिज ११ ले दिएको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबको लागि थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकिय पारी खेले । त्यस्तै लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।
बलिङतर्फ ब्रिज ११ का सन्दीप लामिछानेले १ विकेट, मोसेसले २ विकेट तथा अमित, बिकाश र मार्क बर्टनले समान रूपमा १–१ विकेट लिए। खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया