सूचनाको हक महासंघ गण्डकीमा राजबहादुर

पोखरा ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार राजबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । गण्डकी प्रदेशका सूचनाको हक अभियन्ताहरूको पोखरामा सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भरत कोइराला, सचिवमा कृष्ण क्षेत्री, महिला सचिवमा माया अधिकारी र कोषाध्यक्षमा टीका आचार्य चयन भए ।
त्यसैगरी, समितिका सदस्यहरूमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकरराज नहर्की, विराज त्रिपाठी, सुभाष पौडेल, सुशीला रोका, शिवप्रसाद गौतम र मिला दराई छन् ।
यसैबीच, नवनिर्वाचित समितिको पहिलो बैठकले महासंघका गण्डकी प्रदेश सल्लाहकारमा गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई मनोनीत गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । बैठकले महासचिव भरत कोइरालालाई सूचना अधिकारीको जिम्मा लिने निर्णय गरेको छ ।
पोखराका अग्रज पत्रकारहरू गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिवप्रसाद बास्तोकोटी सम्मिलित निर्वाचन सहजीकरण समितिले सर्वसम्मत रूपमा कार्यसमिति चयन प्रक्रिया टुंग्याएको थियो ।
कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष उमिद बागचन, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्रलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।








हचुवामा संरचना, करोड खर्चेपछि खारेज
मानसिक स्वास्थ्य कमजोर हुँदा आत्महत्या दर बढ्यो
पोखरा रोयल सहकारीले पायो इजाजतपत्र
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया