बिजी बी रिसोर्टमा योग शिक्षक प्रशिक्षण

पोखरा ।
पोखराको लेकसाइडस्थित बिजी बी रिसोर्टमा योग र ध्यानको प्रशिक्षक तालिम हुने भएको छ । उच्च शिक्षा तथा अनुभवी प्रशिक्षकबाट हुने योग र ध्यानको प्रशिक्षण साउन ४ गतेदेखि सुरु हुने बिहीबार पोखरामा पत्रकार सम्मलेन गरी जानकारी दिइएको हो ।
७७ दिनसम्म सञ्चालन हुने यस विशेष आवासीय प्रशिक्षणमा योग, ध्यानसम्बन्धी गहन शैक्षिक र जीवन उपयोगी ज्ञान प्रदान गरिनेछ । कार्यक्रमको नेतृत्व भारतको स्वामी विवेकानन्द योग विश्वविद्यालयबाट योगमा स्नातकोत्तर गरेकी तथा गण्डकी विश्वविद्यालयमा अध्यापन गरिरहेकी ममता अधिकारीले गर्ने छिन् ।
पत्रकार सम्मेलनमा प्रशिक्षक अधिकारीले योगलाई केवल शारीरिक अभ्यासको रूपमा मात्र नभई आत्मचेतनालाई आध्यात्मिक रूपमा परमात्माको चेतनासँग जोड्ने विज्ञानको रूपमा बुझ्नुपर्ने बताइन् । अरु प्रशिक्षकमा त्रिभुवन विश्वविद्यालयका योग स्नातकोत्तर प्रदीप क्षेत्री, ओम मेडिटेसन परिवारसँग ३० वर्षको अनुभव भएका योगी सुनील, पतञ्जली नेपालका केन्द्रीय प्रशिक्षक तथा ३५ वर्षदेखि योग साधनामा सक्रिय गुरु लवदेव र नेतृत्व तथा माइन्डफुलनेसमा ४० वर्षको अनुभव भएका विकल शेरचन छन् ।
प्रशिक्षणमा विशेष आमन्त्रित व्यक्तित्वमा मेमोरी पावरमा तीन पटक गिनिज वल्र्ड रेकर्ड विजेता डा नवल, मानव स्वास्थ्य तथा सन्तुलित आहार विज्ञ डा अमर, २७ वर्षको अनुभव भएका अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर उत्प्रेरक राजु, लाइफ कोच ट्रेनर गणेश, मनोक्रान्ति नेपालका संस्थापक डा योगी विकासानन्द, वास्तुशास्त्री तथा अंकशास्त्री आचार्य राजा बाबु लगायतका रहेको कार्यक्रमका परिकल्पनाकार राजु केसीले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रमलाई ७, १७, ३७, ५७ र ७७ दिनका विभिन्न तहमा विभाजन गरिएको परिकल्पनाकार केसीले बताए । जसमा इच्छाअनुसार सहभागी हुन सकिनेछ । सहभागीले चारतारे रिसोर्टमा आवास, दिनमा ३ पटक अर्गानिक खाना, पौडी, स्टिम, साउना स्नान र आयुर्वेदिक मसाज जस्ता सेवा पाउनेछन् । सहभागीलाई प्रतिदिनको शुल्क ३ हजार ७ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।








हचुवामा संरचना, करोड खर्चेपछि खारेज
मानसिक स्वास्थ्य कमजोर हुँदा आत्महत्या दर बढ्यो
पोखरा रोयल सहकारीले पायो इजाजतपत्र
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया