प्रथम ताङ्बे ताराखेल सम्पन्न

पोखरा ।
ताङ्बे समाज सेवा संघको आयोजनामा ‘प्रथम ताङ्बे ताराखेल प्रतियोगिता–भएको छ। समाजस्तरीय प्रतियोगितामा ११ टिमबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा थकाली सेवा समितिका असिम शेरचन, ओम भट्टचन र उमेश तुलाचनकाे टिम विजयी बन्दै ५१ हजार रुपैयाँ, प्रमाणपत्र र शिल्ड प्राप्त गरे ।
‘ब्ल्याक प्यान्थर ग्रुप’का सञ्जित शेरचन, विनोद बाग्दास र एयरवेज गर्बुजाकाे टिम द्धितिय भएकाे थियाे । उनीहरुले ३६ हजार रुपैयाँ, प्रमाणपत्र र शिल्ड हात पारे । पुनः थकाली सेवा समितिका सन्देश तुलाचन, बसन्त गौचन र पूर्ण गौचनकाे टिमले तेस्रो स्थानमा रहँदै २१ हजार रुपैयाँ, प्रमाणपत्र र शिल्ड प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट खोलकर्ता घोषित भएका गाउँले थकाली सेवाका नगेन्द्र थकालीले रु ५ हजार र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट धनुर्धर बनेका मार्फाली थकाली सेवा सदनका योगेन्द्र ज्वारचनलाई ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
धनुषवाण खेलमा कुल १२ डोर (चक्र) खेलिएको थियो। प्रतियोगिताको संयोजक ताङ्बे समाजका फुर्प छिरिङ् थिए भने कार्यक्रम सञ्चालन सचिव चेतन आनन्दसिंहले गरेका थिए।
समापन संघका अध्यक्ष कर्साङ् छवाङ्ले गरेका थिए । प्रतियोगिताको मुख्य प्रयोजन काठमाडौं निवासी मान ‘ताङ्बे’ गुरुङले गरेका थिए।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया